एमसीसी नेपालको स्वाधीनताको विरुद्धमा भएको भन्दै डडेल्धुराका युवाहरु द्धारा प्रर्दशन

अनलाईन न्युजपाटी,कैलाली,समाचारदादाता,माघ ८ गते।

एमसीसी नेपालको स्वाधीनताको विरुद्धमा भएको भन्दै डडेल्धुराका युवाहरुले प्रर्दशन गरेका छन्।नेपालमा सैन्य अखडा राख्ने उद्देश्यले अमेरिकाले एमसीसी अगाडि सारेको भन्दै उनीहरुले डडेल्धुरा सदरमुकाममा राँके जुलुस निकालेका छन्। एमसीसी सम्झौता राष्ट्रघाती भएको बताउँदै संसद्बाट पारित भएर लागू भए नेपालको स्वाधीनता समाप्त हुने र चीन विरुद्ध नेपालीभूमि प्रयोग गर्ने उद्देश्यका साथ एमसीसी आएको भन्दै खारेज हुनुपर्ने प्रर्दशनमा सहभागी युवा श्याम ओलीले बताए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *