अनलाईन न्युजपाटी,सुर्खेत,समाचारदाता,माघ ११ गते।
आठ लाख रुपैयाँ घुससहित जाजरकोटको जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी र गाउँपालिका उपाध्यक्ष शिवा आचार्यका श्रीमान चन्द्रबहादुर बस्नेतलाई सुर्खेतमा पक्राउ गरिएको छ । उपभोक्ता समितिमार्फत् भएको कामवापत् घुस लिँदै गरेका केसी र बस्नेतलाई वीरेन्द्रनगरस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयले पक्राउ गरेको हो । घुस लिने क्रममा केसी र बस्नेतलाई रंगेहात पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी मेघराज सापकोटाले जानकारी दिनुभयो । पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको छ ।