पाँच दिन अघि घुम्न भनेर निस्किएका २० वर्षीय अभिषेक कटुवालको सुनसरीको दुहवीमा हत्या

अनलाईन न्युजपाटी,सुनसरी,समाचारदादाता,माघ १५ गते।

पाँच दिन अघि घुम्न भनेर निस्किएका २० वर्षीय अभिषेक कटुवालको सुनसरीको दुहवी नगरपालिका–१२ बुकडोरीमा हत्या गरेर फ्यालेको अवस्थामा शव भेटिएको छ ।शरीरमा लगाएका कुनै पनि कपडा नभएको र टाउको तथा अनुहार कुच्याएर चिन्नै नसक्ने बनाउँदै विभत्स तरिकाले हत्या गरेर पराल र माटोले छोपेको अवस्थामा उनको निबस्त्र शव फेला हो । घटनास्थल विराटनरगर महानगरपालिका–४ भएर बग्ने केसलिया खोलाबाट पश्चिमतर्फ हो ।प्रहरीका अनुसार भारत घर भएका उनको बिर्तामोड मामा घर हो । बुवा भारतमै बस्दै आएका उनी आमासँग मामा घरमा बस्थे ।सुनसरी प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलका अनुसार प्रारम्भिक कुरा बुझ्ने क्रममा उनी माघ ९ गते घुम्न भन्दै मे १० प ८६७५ नम्बरको स्कुटर लिएर बिर्तामोडबाट हिँडेका थिए । तर घर नफर्किएपछि आमा तारा कटुवालले छोराको खोजीका लागि सोमबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिइन् । उनले लिएर हिँडेको स्कुटर समेत फेला परेको छैन ।शवको फोटो हेरेर आफन्तले चिनेका थिए । घटनास्थलबाट शवसँगै रगत लागेको एउटा इँटा र च्यातिएको  गलबन्दी  को टुक्रा बाहेक अरु केही पनि फेला नपरेको प्रहरीले जनाएको छ ।एसपी पोखरेलले शरीरका केही भाग सड्न थालेको अवस्थामा शव भेटिएका कारण घटना तीन-चार दिन अघिनै भएको बताए । शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेर गम्भीर ढंगले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी उनले दिए ।घटनाको कारण खुलिनसकेको र त्यसमा संलग्नको पनि पहिचान हुन बाँकी रहेको एसपी पोखरेलको भनाइ छ । झापाबाट हिँडेका उनी कसरी त्यहाँ पुगे भन्ने नै खुलिसकेको छैन । अति नै व्यस्त रहने सडक छेउमै शव भेटिएका कारण घटना दिउँसो नभई राति गराइएको हुनु पर्छ, एसपी पोखरेलले भने, ‘शवको अवस्था हेर्दा घटनामा एक भन्दा बढी व्यक्तिको संलग्नता छ भन्ने देखिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *