अनलाईन न्युजपाटी,पोखरा,समाचारदादाता,माघ १८ गते।
पर्वतमा एक लागूऔषध कारोबारी बन्दुकसहित पक्राउ परेका छन् ।पर्वतको मोदी गाँउपालिका-१ भुकताङ्ले झिल्लीबर्याङ घर भएका मुक्तबहादुर आलेमगर गाँजा, चरेश र बन्दुकसहित बिहीबार पक्राउ परेको प्रहरीले जनाएको छ ।३० वर्षीय आलेमगरको साथबाट प्रहरीले कोठा भित्र बोरामा लुकाएको अवस्थामा १ किलो ३०० ग्राम गाँजा, ५० ग्राम चरेश र एउटा १२ बोरको एक-नाले बन्दुक बरामद गरेको हो ।