रौतहटमा ४ वर्षिया अवोध बालिकामाथि बलात्कार गर्ने एक बृद्ध पक्राउ

अनलाईन न्युजपाटी,रौतहट,समाचारदादाता,माघ १९ गते।

रौतहटको गौर नगरपालिकामा ४ वर्षिया अवोध बालिकामाथि बलात्कार गर्ने एक बृद्ध पक्राउ परेका छन्। गौर १ मा बस्दै आएका ५४ वर्षिय राम किशोर मिश्रले बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।बिहिवार राती ४ वर्षिया अवोध बालिकालाई चकलेट खानका लागि १० रुपैयाँ दिएर बारीमा लगेर बलात्कार गरेको परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । रगत पच्छे भएर घर पुगेकी बालिका पिसाव गर्न खोज्दा निकै पोलेर चिच्याएपछि बालिकाको ठूली आमाले सोधपुछ गर्दा मिश्राले बारीमा लगेर बालिकामाथि दुस्कर्म गरेको थाहा पाएकी थिईन। धनुषा जिल्ला घर भई हाल गौर न.पा १ स्थित साइकल मर्मतको पसल थापेका मिश्रलाई बालिकमाथि जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको रौतहटका प्रहरी प्रवक्ता एवं डिएसपी नविन कार्कीले बताएका छन्। पीडित अबोध बालिकाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परिक्षण गरिएको र उनको अवस्था समान्य रहेको जिल्ला अस्पताल गौरका डाक्टर कृष्णा साहले बताएका छन्। मिश्राले घरबाट ५० मिटर पर रहेको बारीमा बालिकालाई बलात्कार गरेको स्थानबाट १० रुपैयाँसहितका अन्य प्रमाणहरु फेला परेर जवरजस्ती करणी कसूरमा आवश्यक अनुसन्धान कार्य भइरहेको डिएसपी कार्कीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *