थुनामा रहेको व्यक्ति छुटाइदिने भन्दै ४२ लाख घुस लिएको आरोपमा एक जना वकिल पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,माघ २४ गते।

थुनामा रहेको व्यक्तिलाई छुटाइदिने भन्दै घुस लिएको आरोपमा एक वकिल पक्राउ परेका छन् ।पक्राउ पर्नेमा अधिवक्ता टंक रानामगर रहेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई ४२ लाख घुस लिएको भन्दै पक्राउ गरेको हो ।रानाले माइतीघरमा जनन्यायिक कानुनी सेवा नामक ल फर्म पनि संचालन गरिरहेका छन्।राजश्व चुहावट प्रकरणमा थुनामा रहेका राकेश दाहाललाई छुटाइदिने भन्दै उनले उक्त बराबरको घुस लिएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *