जबरजस्ती करणी गरेको आरोपमा रुपन्देहीमा १९ वर्षीय एक युवक पक्राउ

अनलाईन न्युजपाटी,बुटवल,समाचारदादाता,फागुन ६ गते।

४५ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा रुपन्देहीमा १९ वर्षीय एक युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बुटवलले सोमबार राति महिलालाई जबरजस्ती करणी गर्ने बुटवल उपमहानगरपालिका वडा नं. १८ का १९ वर्षीय रामकिसुन थारुलाई पक्राउ गरेको हो।थारुले सोमबार राति साढे १ बजेतिर घरमा कोही नभएको मौकामा ती महिलालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले महिलाले दिएको उजुरीको आधारमा थारुलाई पक्राउ गरिएको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *