अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता,फाल्गुन १२ गते।
मूल्य बढेसँगै पुराना गहना बिक्री गर्न आउने ग्राहक बढेको सुन चाँदी व्यवसायीले बताए । सुनको मूल्य तोलामै ८० हजार तीन सय रुपैयाँ पुगेको छ । बढेको मूल्य नेपाली सुन चाँदी व्यवसायमा नयाँ कीर्तिमान भएको व्यवसायीहरुले बताएका छन् ।
आइतबारको तुलनामा सुनको मूल्य प्रतितोलामा १५ सयले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँ मात्रै बढेको छ । सुन चाँदी व्यवसायी महासंघले सोमबारका लागि तोकेको खरिद बिक्री मूल्यअनुसार छापावालाको सुनको मूल्य ८० हजार ३ सय छ भने तेजावी सुन ८० हजार प्रतितोलामा कारोबार खुलेको छ । यस्तै चाँदीको प्रतितोला मूल्य ९२५ रुपैयाँ पुगेको छ । बढ्दो मूल्यले बिहेको महिना भए पनि सुनको कारोबार खस्कीएको उनले बताए ।