रौतहटबाट आज बिहानै श्रोत खुल्न नसकेको लाखौं रुपैयाँ सहित दुई जना पक्राउ

अनलाईन न्युजपाटी,रौतहट,समाचारदादाता,फागुन १३ गते।

आज विहानै लाखौं रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल रौतहटले मंगलबार एका बिहानै श्रोत खुल्न नसकेको लाखौं रुपैयाँ सहित दुई जनालाइ पक्राउ गरेको हो। जिल्लाको  राजदेवी नगरपालिका – ८ लक्ष्मिपुर स्थित सशस्त्र प्रहरी बल¸ भारतबाट नेपाल तर्फ आउदै गरेको बिआरओ ५ आर.९४६४ नम्बरको मोटरसाईकललाई रोकेर चेक जाँच गर्दा सो रकम हात पारेको हो ।मोटरसाइकलमा सवार जिल्ला रौतहट कटहरिया नगरपालिका ६ बगही बस्ने अन्दाजी वर्ष २० को नवल किशोर साह र भारतको जिल्ला सितामढी बैरगनीया १४ बस्ने अन्दाजी २३ वर्षको सन्नी कुमारलाई शंका लागि चेकजाँच गर्दा  पक्राउ परेको हो । उनीहरुले शरिरमा लुकाई राखी अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको रु १९ लाख १ हजार १ सय ५० रुपैयाँ  , मोटरसाईकल १ वटा र ३ वटा मोबाईल सहित ती दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो । उनीहरुलाई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल¸ रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजीतले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *