राजीपुरमा एक जना मृत फेला

अनलाईन न्युजपाटी,कैलाली,समाचारदादाता,फागुन ३० गते।

कैलालीको गौरीगंगा नगरपालिका ४ राजीपुरमा एक जना मृत फेला परेका छन्। प्रहरीका अनुसार गौरीगंगा नगरपालिका ४ राजीपुरका ५० बर्षिय गम्भिर धामी मृत फेला परेका हुन्।मंगलबार साझ साढे ८ बजे सम्म धामी परिवारको सम्पर्कमा थिए । राती घर नर्फकिए पछि बुधबार बिहान खोजी कार्य भएको थियो। उनलाई बिहान नालामा डुवेको अवस्थामा फेला पारिएको थियो। परिवारको जाहेरीका आधारमा चार जना लाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजीपुरका १९ बर्षिय सुनिल चौधरी, २० बर्षिय मनोज चौधरी, ५० बर्षिय सेतुराम चौधरी र ५५ बर्षिय भागिराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *