अनलाईन न्युजपाटी,कंचनपुर,समाचारदादाता,चैत २ गते।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ अमरपुरमा युनिभर्सल बाल विद्या निकेतनको स्कुल बस दुर्घटना भएको छ । दुर्घटनामा परेको स्कुल बसबाट ३० जना बालबालिकाको उद्दार गरिएको अस्थायी प्रहरी पोष्ट कलुवापुरका प्रहरी नायब निरिक्षक रुपसिह थापाले बताउनुभयो ।दुर्घटनाग्रस्त बसबाट ३० बालबालिकाको उद्दार गरिएको छ । बस दुर्घटनामा परी ३ जना बिद्यार्थी घाइते भएका छन् । घाइते बिद्यार्थीहरुलाई उपचारका लागि स्थानीय मेडिकलमा राखिएको प्रहरी नायब निरिक्षक थापाले बताउनुभयो । परिक्षा दिएर फर्किदै गरेको गर्दा म १ ख ४२४ नम्बरको बस दुर्घटनामा परेको हो । सडक साघुरो भएका कारण बस दुर्घटनामा परेको प्रहरीले बताएको छ ।स्कुल बस आइतबार दिउँसो विद्यालय नजिकैको पानी पोखरीमा खसेको प्रहरीले जनाएको छ । स्कुल बसमा कति जना सवार थिए भन्ने यकिन नभएको प्रहरीले जनाएको छ । बस पोखरीमै रहेकोले थप उद्धारको कार्य जारी रहेको बताइएको छ । दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।