अनलाईन न्युजपाटी,कंचनपुर,समाचारदादाता,चैत ३ गते।
भारतबाट भन्सार छलेर ल्याएको चिनी सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर हेक्वा शैलेश्वरी गणले गयराति शुक्लाफाँटा नगरपालिका ११ कलुवापुर क्षेत्रबाट साढे १४ क्विन्टल चिनी बरामद गरेको हो । तस्करले भारतबाट भन्सार नकाटेरै ल्याएको भएकाले बरामद गरिएको सशस्त्र प्रहरी बल ३५ नम्बर हेक्वा शैलेश्वरी गणले जनाएको छ । शैलेश्वरी गणका गणपति वीरबहादुर शाहुले बरामद गरिएको बताए । उनका अनुसार २९ बोरामा रहेको चिनी तस्करले ठाँउमा पु-याउन नपाउँदै सशस्त्रले नियन्त्रणमा लिएको थियो । बरामद गरिएको चिनी आइतबार भन्सार चलान गरिएको छ । जिल्लामा दुई ठूला चिनी उद्योग हुँदाहुँदै तस्करले भारतबाट यसरी चिनी ल्याउने ल्याए पनि भन्सार नकाट्ने प्रवृतिले चिनी तस्करी बढेको स्थानीय व्यवसायीले बताए ।