कतार एयरवेजबाट आएकी बागलुङकी एक युवतीमा कोरोना भाईरसको संक्रमण पुष्टी

अनलाईन न्युजपाटी,बाग्लुंग,समाचारदादाता,चैत १५ गते।

चैत ४ गते कतार एयरवेजबाट काठमाडौ आएकी बागलुङ नगरपालिकाकी एक युवतीमा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । उनको गत चैत १३ गते धौलागिरी अस्पतालका प्राविधिकटोली उनको घरमै गएर नमुना लिएर स्वाब परीक्षणका लागी काठमाडौ पठाईएको थियो । स्वाब परीक्षणको रिर्पोट पोजेटिव आएपछी उनी नेपालको पाँचौ तथा बागलुङको पहिलो संक्रमित बनेकी छन् ।चैत ४ गतेको सोहि फ्लाईटबाट काठमाडौँ आएकी १९ वर्षिया युवतीमा कोरोना संक्रमण पुष्टी भएपछी सो फ्लाईबाट काठमाडौ आउने बागलुङका चार जना व्यक्तिहरु मध्य यी २२ वर्षिया युवती एक हुन् ।ढोरपाटन नगरपालिका ५ का एक युवा आफ्नै घरमा बसीरहेका छन् । उनी रुघा खोकीबाट ग्रस्त अवस्थामा रहेका छन् । तर उनको नमुना परीक्षण गर्न स्थानीयले दबाब दिएपनि सरोकारवाला जिम्मेवार निकायहरुले कुनै अग्रसरता नदेखाउदा त्यस क्षेत्रका जनता चिन्तामा छन् । अन्य दुई जना बागलुङ नगरपालिकाका रहोको बताईएको छ । उनिहरुको नमूना परीक्षण भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *