अनलाईन न्युजपाटी एजेन्सी समाचारदाता, चैत १९ गते।
कोरोना भाइरसको जोखिम विश्वव्यापी रूपमा लगातार बढिरहेको छ। पाकिस्तानमा कोरोना भाइरसको संक्रमित संख्या २००० नाघेको छ, यस भाइरसको कारण अहिलेसम्म २६ व्यक्तिले ज्यान गुमाएको छ। यसैबीच पाकिस्तानी प्रधानमन्त्री इमरान सरकारको लकडाउन नगरेकोमा आलोचना भइरहेको छ।
पाकिस्तानी मिडियाका अनुसार बुधवार बिहानसम्ममा २००७ व्यक्तिमा कोरोना भाइरसका संक्रमित बिरामीहरु फेला परेको छ। यिनीहरू मध्ये अहिले सम्म २६ जनाले आफ्नो ज्यान गुमाएका छन, भने ५८ मानिस निको भएका छन् । कोरोना भाइरस संक्रमितबाट पहिलो बिरामी पाकिस्तानमा ५ हप्ता अघि फेला परेको थियो, तर पछिल्लो एक हप्तामा यहाँ कोरोनाको बिरामी अचानक बढेको छ। पाकिस्तानमा सिन्ध प्रान्त सबैभन्दा बढी कोरोना भाइरसबाट संक्रमित छ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानको निर्णयले पाकिस्तानमा लकडाउन लगाएको छ र जनतालाई बाहिर जान निषेधित गरिएको छ । तैपनि, पाकिस्तानमा कोरोना संक्रमितको घटना बढेको बढे छ।