हात हतियार सहित दुई व्यक्ति धनुषामा पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,चैत ३० गते।


आज दिउँसो करिब २:३० बजे धनुषाको मिथिला नगरपालिकाबाट भरुवा बन्दुक सहित दुईजना पक्राउ परेका छन् । पुष्पलपुर खोलामा दक्षिण तर्फबाट उत्तर तर्फ आउदै गरेको ज.१२ प. १११५ नं. को १५० सि.सि. को पल्सर मोटरसाईकल सहित बारुद लोड रहेको भरुवा बन्दुक १ थान सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला धनुषा मिथिला नगरपालिका -४ वस्ने वर्ष २६ को सरोज कुमार महतो र वर्ष ४४ को राज कुमार लामा हुन । दुबैजनालाई  भरुवा बन्दुक सहित नियन्त्रणमा लिई हातहतियार खरखजना मुद्दामा धनुषा जिल्ला अदालत जनकपुरबाट म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *