प्रदेश २ का सबै जिल्लाबाट देखिए कोरोना संक्रमित

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, जेठ ३ गते

सिराहाबाट एक जना कोरोना संक्रमित भेटिए सँगै प्रदेश नम्बर २ का आठ वटै जिल्लामा कोरोना संक्रमितको देखिएका छन्। शनिबार थपिएका ६ जना कोरोना संक्रमितमध्ये एक जना सिराहाका पनि हुन्। स्वास्थ्य मन्त्रालयका अनुसार सिराहाको सखुवा१९ निवासी ३० वर्षीय पुरूषमा संक्रमण देखिएको हो। यसअघि प्रदेशभित्र सिराहामा मात्र संक्रमण देखिएको थिएन।

अहिलेसम्म प्रदेश २ मा एक सय ८ जना संक्रमित छन्। पर्सामा सर्वाधिक ९१ जना  ,धनुषामा ४, रौतहटमा ३, सर्लाहीमा ३, बारामा ३, महोत्तरीमा २ र सिराहा र सप्तरीमा एकएक जना संक्रमित छन्।यी सबै संक्रमितलाई वीगन्जको नारायणी अस्पताल, वीरगन्जकै सिदार्थ माध्यमिक विद्यालयको क्वारेन्टाइन, जनकपुर प्रादेशिक अस्पताल र सप्तरीको गजेन्द्रनारायण अस्पतालमा राखिएको छ।

शनिबार ९ जना संक्रमित थपिएपछि नेपालमा संक्रमित संख्या २ सय ७६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *