अनलाईन न्युजपाटी सन्जु छत्कुलि, बीरगन्ज समाचारदाता जेठ २१ गते
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा तराई मधेश बिभाग प्रमुख अजय कुमार चौरसियाले सरकारकै कारण गरिब, विपन्न र आम मानिस कोरोना संक्रमणले होइन भोकले ज्यान गुमाउने अवस्था आएको छ।
लकडाउन सुरु भएको दोस्रो हप्तादेखि नै राहत बाडेका माहानगर नगर र वार्ड अहिले सुतिरहेका छन। अब झन्डै २ महिना भन्दा बढी लकडाउन हुदा गरिबको पेट र भान्साघर रितिएको अवस्था छ। साथै लकडाउन थपिदै जादा कोरोनाले भन्दा खान नपाई भोकले मर्ने अवस्था आएको नेता चौरसियाले बताएका छन।
सरकारको अग्रगामी योजना तथा व्यवस्थित योजनाको अभावका कारण गरिब, विपन्न र उत्पीडित समुदायले दिनहुँ विभिन्न समस्याको सामना गर्नु परेको बताउँदै उनले भने नेपालमा रहेको तिनै तहको सरकारले कोही भोकै बस्नु पर्दैन भने तापनि भोकले नै मृत्यु व्यहोर्नु परेको घटनाहरू आईरहेको अवस्था छ।
नेपाली कांग्रेसका नेता चौरसियाले भने भारतको विभिन्न ठाउँबाट पैदल र साईकलमा यात्रा गर्दै भोकभोकै नेपालको सिमामा हजारौंको संख्यामा नेपालीहरु आईपुगेको बताएका छन ।
उनले भने भोकको कारण कतिपयले बाटो र सिमामै ज्यान गुमाउनु परेको कुरा विभिन्न सन्चार माध्यमले जनाएको सबैमा अवगत नै रहेको छ।
कांग्रेस नेता चौरसियाले यो स्थितिको सामना गर्न दीर्घकालीन तथा व्यवस्थित योजना बनाउन सरकारसँग माग गरे साथै कोरोना संक्रमणको यो परिस्थितिको सामना गर्न ठोस योजना बनाएर अगाडि बढन पनि आग्रह गरेका छन।
सरकारले भाषणगरेर मात्र यो रोग संग लड्न नसकिने भन्दै यसको उपाय र कोरोना संक्रमितलाई उपचार हुने ठाउँहरु आईसोलेसन र कुवारन्टाईनको ब्यवस्था राम्रो बनाउनु पर्ने समेत कांग्रेस नेता चौरसियाले माग गरेका छन ।