अनलाईन न्युजपाटी सन्जु छत्कुली, बीरगन्ज समाचारदाता जेठ २४ गते
नेपाली कांग्रेसका पर्सा क्षेत्र न. १ का क्षेत्रीय सभापति बिजय श्राफले कोरोना को कारण येति लामो समयदेखि लकडाउनले जनतालाई घरभित्र थुनेर राख्दै कर उठाउने उर्दि जारी गरेपछी नेपाली कांग्रेस पर्साले बिरोध प्रदर्शन गरेको जनाएको छ।
बिरगंज शनिबार २३गते बिरोध कार्यक्रम मा पर्साका स्थानीय पत्रकारसँग कुरागर्दै पर्सा सभापति अजय द्विबेदिले भने नेपाल सरकारले येस्तो बिपतको बेला पनि जनतालाई करको लागि समय अवधी तोकिनु र घरभित्र थुनेर कर उठाउन ताकेता गर्नु सरकारको नीति अशोभनिए रहेको बताएक छन ।
कोरोना माहामारिको कारण आम जनता र उधोगीहरु को अवस्था भेन्डिलेटरमा रहेको बिरामी जस्तो महसुस गरिर्हेको बेला सरकारले ल्याएको करको ताकेतालाई नेपाली कांग्रेस पर्सा क्षेत्र न. १ का क्षेत्रीय सभापतिले घोर भतर्सना गरेका छन ।

उद्योगी, व्यवसायीहरूलाई कम्तिमा लकडाउन अवधीभरको कर, बैंक ब्याज, बिधुत, टेलिफोन बिल सबै महसुल माफ गरिनु पर्ने, नेपाली कांग्रेस पर्सा का क्षेत्र १ का क्षेत्रीय सभापति श्राफले माग गरेका छन ।
कांग्रेस पर्साका क्षेत्र १ का क्षेत्रीय सभापतिले लकडाउनमा जनतालाई राहत दिनु को सट्टा करको ताकेता गरेर दुई तिहाईको कमुनिस्ट सरकाररले ब्यवसाय र जनतालाई अरु बढी पिडा दिएको भन्दै नेता बिजय श्राफले बिरोध जनएका छन।
कोरोनाको नाममा दस अर्ब खर्च भएको सरकारले जनाएको छ। त्यो दश अर्ब सम्पूर्ण खर्चको विवरण सार्वजनिक गर्न केन्द्रिय सरकार संग कांग्रेस पर्सा क्षेत्र १ का क्षेत्रीय सभापति बिजय श्राफले माग गरेका छन।