सञ्चारकर्मीलाई बरिस्ठनेता पौडेल मार्फत स्वास्थ्य र सौन्दर्य सामाग्री हस्तान्तरण

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, जेठ २९ गते।

हरिपृया-प्रकाश फाउन्डेसनबाट काठमाडौं र ललितपुर, भक्तपुर सहित देशको विभिन्न स्थानमा फ्रन्टलाईनका पत्रकारलाई सहयोग गर्ने क्रममा बिहीवार वरिष्ठ नेता रामचन्द्र पौडेल मार्फत स्वास्थ्य र सौन्दर्य सामाग्री नेपाल प्रेस युनियनलाई हस्तान्तरण गर्नुभयो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा कोरोना संक्रमण रोकथाम र सिमामा नेपालीमाथीको पिडा बारे आफुले सरकारको ध्यानाकर्षण गराएको बताउदै युवानेता क्षितिज भण्डारी र हरिपृया फाउन्डेसनले सामाजिक सेवाको क्षेत्रमा अनुकरणिय काम गरेको बताउनुभयो ।

वरिष्ठ नेता पौडेल द्वारा पिपिई, एम ९५, फेस सिल्ड सहित ५०० वटा मास्क,सेनेटाईजर, डाबर नेपालको जुस, हिमालयको फेसवास, तेल, सैम्फु सहित सामाग्री नेपाल प्रेस युनियनका उपमहासचिव सलोजा दाहाल, दिपा आले, कल्पना शर्मा र रोजि ढकाललाई हस्तान्तरण गर्नुभयो । कार्यक्रम नेपाल प्रेस युनियनका नेता शिव लम्साल, शिव भट्टराई, ईन्द्र रिजाल, महासचिव अजयबाबू शिवाकोटी, सचिव खिला कार्कीलाई हस्तान्तरण गर्नुभएको भुबन भट्टले बताए । सामाजिक सेवाभावले फाउन्डेसनले नेपालका पत्रकार सहित १० हजार नागरिक, अनाथ वालवालिकालाखौंको राहत बितरण गरिएको सामाजिक अभियन्ता क्षितिज भण्डारीले बताए ।

स्वर्गीय भण्डारीको ईतिहास केलाउदा डोटिको जैनोलीमा धर्मराज पन्तको कोखबाट जन्मिएर बिए सम्म अद्य्ययन गरेर साहित्यकार, लेखिका को रुपम कलम चलाउनु हुन्थ्यो । कैलालीमा तत्कालीन नेपाली कांग्रेस नगर सभापति प्रकाशनारायण भण्डारीसंग बिवाह पश्चात दुई दशक नेपाल महिला संघ जिल्ला र केन्द्रको नेतृत्व गर्दै कांग्रेसको महासमिति सदस्य हुँदै समानुपातिक सासद उम्मेदवार समेत हुनुहुन्थ्यो ।

नागरिकमा कोरोनको मनोबैज्ञानिक त्रास हटाई, लक डाउनमा राहत दिन मन र शरिरको सुन्दरतालाई सहित स्वास्थय सामाग्री बितरण गरिएकोप्रति नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले सबैलाई धन्यवाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *