बैतडीमा एम्बुलेन्स दुर्घटना हुदा एकै परिवारका ३ जना घाइते

अनलाईन न्युजपाटी ,बैतडी,समाचारदाता, जेठ ३० गते।

बैतडीको पुर्चौडी नगरपालिकाको एम्बुलेन्स दुर्घटनामा परी एकै परिवारका ३ जना घाइते भएका छन् । घाइते हुनेमा पुर्चौडी नगरपालिका वडा नं ५ का ५४ वर्षीय दिल बहादुर कुवँर, उनकी श्रीमती ४८ वर्षीया बेलमती कुँवर र छोरा २० वर्षीय रोहित कुवँर रहेका छन् ।

घाइतेमध्ये दिलबहादुर र बेलमतीको अवस्था गम्भीर रहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायवब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । तीनै जनालाई राति नै उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको अधिकारीले बताए ।

धनगढीबाट बैतडीको पुर्चौडी नगरपालिका जाँदै गरेको पुर्चौंडी नगरपालिकाको म १ झ ११३ नम्बरको एम्बुलेन्स बिहीबार राति ९ बजे सिगास गाउँपालिका–१ बिन्द्रावनमा दुर्घटनामा परेको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *