अनलाईन न्युजपाटी पश्चिम समाचारदाता, जेठ ३० गते
शुक्रबार कर्णालीमा मात्रै ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत स्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणबाट थप ८३ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमख डा. लक्ष्मीनारायण तिवारीका अनुसार सुर्खेतका ४५ र दैलेखका ३८ जनामा कोरोना पुष्टि भएको हो ।योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ८४६ पुगेको छ । यो संगै शुक्रबार दैलेख अस्पतालबाट २२ जना डिस्चार्ज भएको महाशाखाले जनाएको छ ।