अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असार १४ गते
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको रेकर्ड संख्या प्रतिदिन बृद्धि हुँदै भई रहेको छ । भारत विश्वमा कोरोनाभाइरस संक्रमित देशको लहरमा चौथो स्थानमा छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोनाभाइरस संक्रमितहरू भारतमै फेला परेका छन् ।

अहिले भारतमा कोरोनाभाइरसबाट मृत्यु हुने को संख्या १६ हजार नाघेको । वडोमिटर्सका अनुसार आइतबार बिहानसम्म भारतमा कोरोनाभाइरसबाट मृत्यु हुने को संख्या १६ हजार १०३ पुगे को छ । पछिल्लो २४ घण्टाको अवधिमा भारतमा ४ सय १४ जना को मृत्यु भए को छ भने २० हजार १३१ जना कोरोना सङ्क्रमित भेटिएका छन् । योसँगै देशभरी अहिलेसम्म सङ्क्रमितको संख्या ५ लाख २९ हजार ५५७ पुगे को छ ।
अहिले भातरमा २ लाख ३ हजार ३२८ जना सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना को अवस्था भने गम्भीर रहे को छ । त्यसैगरी ३ लाख १० हजार १४६ जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।