ईन्सपेकटर ओम यादबको सक्रियतामा १९२ थान नुर्फिन सहित २ जना पक्राउ

अनलाईन न्युजपाटी संजु छतकुलि,वीरगंज समाचारदाता, असार १५ गते

इलाका प्रहरी कार्यालय प्रसौनी बाराले अबैध रुपमा लागु  औषध सहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय प्रसौनी र मुशहार्वाको सयुक्त टोलीले विशेष सुचनाको अधारमा  बाराको बिश्रामपुर गाउँपालिका वडा नं.५ स्थित सिचाईको  नजिकबाट भारतबाट ना १० प ९१०२ नम्बरको मोटरसाईकलमा बोकी ल्याएको  अवैध लागू औषध सहित २ जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक ओम यादबले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *