ईलाका प्रहरी कार्यालय प्रसौनीको सक्रियतामा सुर्ती र कपडा पक्राउ

अनलाईन न्युजपाटी ,कृष्णा यादब,बिरगंज,समाचारदाता, असार १७ गते।

ईलाका प्रहरी कार्यालय प्रसौनी बाराले अवैधरुपले ल्याएको सुर्ती र कपडा नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यालय प्रसौनी बाराले भारतबाट अवैध रुपले ल्याईरहेको सुर्ती र कपडा विशेष सुचनाको आधारमा बिहान ५ बजेको समयमा विश्रामपुर वडा नम्बर २ को कल्यानपुर नाका बाट पक्राउ गरेको प्रहरी निरीक्षक ओम यादबले बताउनुभयो ।

ईलाका प्रहरी कार्यालय प्रसौनीले पक्राउ गरेको १० बोराको सुर्ती को बजारको मूल्य १५००००/-  रहेको छ भने अवैध कपडा र सुर्ती सहित बरामद गरि आवशयक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको प्रहरी निरीक्षक ओम यादबले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *