जिल्लाको सदरमुकाम जलेश्वरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको ज्यान गए

अनलाईन न्युजपाटी,महोत्तरी,समाचारदाता,कार्तिक २५ गते।

जिल्लाको सदरमुकाम जलेश्वरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार जलेश्वरमा ट्र्याक्टर र टिपरले ठक्कर दिँदा आइतबार बिहान एक बालक र बेलुका एक वृद्ध गरी दुई जनाको मृत्यु भएको छ । जलेश्वर नपा–२ बस्ने विनोद मुखियाका नौ वर्षीय छोरा राजकुमार मुखियालाई शनिबार साँझ लु २ त ७६९९ नंको ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनलाई उपचारका लागि जिल्ला अस्पताल, अञ्चल अस्पताल हुँदै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा आइतबार बिहान ७ बजे उपचारका क्रममा निधन भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए ।त्यस्तै, आइतबार दिउँसो १ बजे जिल्लाको पिपरा गाउँपालिका– २, अलिपट्टी बस्ने ६० वर्षीय मजिद नदाफको टिपरको ठक्करबाट निधन भएको छ । ना १ क ९६८३ नंको टिपरको ठक्करबाट गम्भीर घाइते उनको जनकपुरस्थित जानकी हेल्थकेयर एण्ड रिसर्च सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *