नेपाली भूमिका नागरिकलाई नेपाल सरकारले बेवास्ता गर्दा भारतले नागरिकतासँगै रासनकार्डसमेत वितरण गरे

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक २५ गते।

अतिक्रमित नेपाली भूमिका नागरिकलाई नेपाल सरकारले बेवास्ता गर्दा भारतले नागरिकतासँगै रासनकार्डसमेत वितरण गरेको छ । भारतले अतिक्रमित कुटी, नाभी र गुन्जीका बासिन्दालाई आफ्नो देशको नागरिक बनाएको हो ।नागरिक लेख्छ– लिम्पियाधुरा र कालापानी क्षेत्रमा पाँच गर्खा थिए । सन् १९६२ मा भारतले कालापानीमा सेनाको क्याम्प राखेसँगै ती गाउँका बासिन्दालाई विशेष सेवा, सुविधा उपलब्ध गराएर आफ्नो नागरिक बनाउन प्रयास भएको थियो । कुटी, नाभी र गुन्जी तीन गाउँका बासिन्दालाई अहिले भारतले नागरिकता र आधार कार्ड दिएर आफ्नो नागरिक बनाइसकेको छ । नागरिकका अनुसार, भारतको नागरिकता पाएका अतिक्रमित क्षेत्रका बासिन्दा राज्यको उच्च तहमा समेत पुगेका छन् । प्रशासनिक, राजनीतिक र शैक्षिक क्षेत्रमा उच्च प्राथमिकतासहित उनीहरूलाई संरक्षण नै दिइएको दार्चुला व्यास गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *