घुस लिएको अभियोगमा नायब सुब्बा पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक २५ गते।

अख्तियार दुरुपयोग अनुसनधान आयोगले रु १५ हजार घुस लिएको अभियोगमा जिल्ला अदालत पश्चिम रुकुममा कार्यरत नायब सुब्बा रमेशकुमार खड्कालाई पक्राउ गरेको छ । नायब सुब्बा खड्कामाथि अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिला दर्ता पूर्जी उपलब्ध गराउनुपर्नेमा नगराई एक सेवाग्राहीसँग घुस लिएको आरोप लागेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आयोगको सुर्खेतबाट गएको टोलीले यही कात्तिक २२ गते खड्कालाई रु १५ हजार घुससहित मुसिकोट नगरपालिका– १ खलङ्गास्थित राप्ती होटलबाट पक्राउ गरिएको हो । आयोगले अनुसन्धान कार्य जारी रहेका कारण उल्लेख गर्दै खड्काको पक्राउबारे आज सार्वजनिकरुपमा जानकारी दिएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *