हङकङमा सोमबार बिहान एक प्रदर्शनकारीमाथि गोली प्रहार

अनलाईन न्युजपाटी, कार्तिक २५ गते।

एजेन्सी: हङकङ प्रहरीले सोमबार बिहान एक प्रदर्शनकारीमाथि गोली प्रहार गरेको छ ।फेसबुकमा प्रत्यक्ष प्रशारण भएको उक्त घटनामा प्रहरी अधिकारीले आफूसँग भएको पेस्तोल निकालेर एक प्रदर्शनकारीलाई समात्दै गरेको देख्न सकिन्छ ।प्रदर्शनकारीलाई नियन्त्रण लिने क्रममा एक अर्का प्रदर्शनकारी प्रहरी नजिक आइपुग्छन् जसमाथि ती अधिकारीले गोली प्रहार गर्छन् । गोली लाग्ने बित्तिकै मुखमा कालो मास्क लगाएका ती प्रदर्शनकारी भुइँमा ढल्छन् ।प्रदर्शनकारीसँग रस्साकस्सी चलिरहेकै बेला प्रहरीले थप दुई राउन्ड गोली प्रहार गर्छन् । तर, त्यो गोली कसैलाई लागेको कि लागेन भन्ने यकिन हुन सकेको छैन । अस्पतालका प्रवक्ताले गोली लागेका प्रदर्शनकारीको अपरेशन गरिएको र उनको अवस्था नाजुक रहेको जानकारी दिएका छन् ।यद्यपि, ती प्रवक्ताले अन्य व्यक्तिलाई गोली लागेको आफ्नो जानकारीमा नआएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *