अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता, कार्तिक २५ गते।
भारत तथा तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र आधुनिक किसिमले सहजीकरण हुने महत्त्वाकांक्षीसहित निर्माण गरिएको एकीकृत भन्सार जाँच चौकी (IPC) पूर्ण रुपमा सञ्चालनका लागि विरगन्जस्थित रक्सौल नाका बन्द गर्नुपर्ने दबाब बढेको छ । भारत सरकारको अर्थ मन्त्रालयले पटनास्थित सीमा शुल्क निवारण कार्यालयलाई सबै सरोकारवालाहरुसँग छलफल गर्न पत्राचार गरेको छ । भारत सरकारले आईसीपी पूर्ण रुपमा सञ्चालनमा ल्याएर रक्सौल नाका बन्द गर्ने व्यहोराको पत्राचार गरेपछि रक्सौलबाट वीरगन्जको इनर्वास्थित साबिकको भन्सार हुँदै ढुवानी हुने डर्टी कार्गोका आयातकर्ताहरुलाई भने तनाव भएको छ ।