अनलाईन न्युजपाटी,पाल्पा ,समाचारदाता भदौ ३१ गते।
पाल्पामा छोराको मृत्युको बियोगमा बुबाले आत्महत्या गरेका छन् ।जिल्लाको रामपुर नगरपालिका वडा नम्बर १० हेक्लाङ्गका ६५ वर्षीय भिमराज तिमिल्सीनाले घर नजिकैको लिचीको रुखमा पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।उनका छोरा कृष्णप्रसाद तिमिल्सीनाको शनिबार राती हृदयघातका कारण निधन भएको थियो ।