सोमबार जनकपुरधाममा जितिया पर्व समारोह

अनलाईन न्युजपाटी,जनकपुरधाम  ,समाचारदाता भदौ ३१  गते।

मिथिलानीहरूले सोमबार जनकपुरधाममा जितिया पर्व समारोहको आयोजना गरेका छन् । सखी बहिनपा मिथिलानी समूहले जनकपुरधाममा जितिया पर्वको आयोजना गरेको हो ।त्यसक्रममा जितिया पर्व मनाउने लागेका महिलाहरूले जितियासँग सम्बन्धित नाचगानसमेत गरेका थिए । कार्यक्रममा समूहकी संयोजक विजेता झाले यस्तो कार्यक्रममे जितिया पर्वको विशेषता, मैथिली लोकगीत, संस्कृतिको उत्थान तथा विकासमा सहयोग पुग्ने बताए ।उनले मिथिलाञ्चलको महत्वपूर्ण पर्व जितियाको संरक्षण, सम्बद्र्धन एवं विस्तारीकरणमा सबैले ध्यान दिनुपर्ने बताए । जितिया पर्व महिला दिदीबहिनीहरूको लागि कठोर पर्व भएको भन्दै सहभागीहरूले पर्वको अवसरमा विशेष कार्यक्रम आयोजना गरी भव्य एवं थप मनोरञ्जनात्मक बनाउनुपर्नेमा समेत जोड दिएका छन् ।जितिया पर्वमा पति एवं सन्तानको दीर्घायुको कामना गर्दै एक दिन अगाडि माछा, कोदो र त्यसको भोलिपल्ट जिमुतवाहन देवतालाई पूजाआजा गरी औटघनमा दही, च्युरा, मिठाई खाने गरिन्छ ।
त्यसपश्चात् महिलाहरूले निर्जल, निराहार भई जिमुतवाहनको दुई दिनसम्म उपासना गर्ने गर्छन् । यस वर्ष महिलाहरूले जितिया पर्व असोज ५ मनाउँदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *