अनलाईन न्युजपाटी,विराटनगर,समाचारदाता,कार्तिक १० गते।
टंकीसिनवारीमा रहेको एसिया आयल निगम अगाडी ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ ।पेट्रोलपम्पबाट नजिकै नेमुवा तर्फ जाँदै गरेको ट्याङ्करले ठक्कर दिएको हो । ना ४ ख २४४१ नम्बरको ट्याङ्करले को २४ प ४२८९ नेमुवाबाट आउँदै गरेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक गम्भीर घाईते भएका छन् । गम्भीर घाईतेको विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा उपचारको लागि पठाईएको छ । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले अनलाईन न्युजपाटीलाई जनाएको छ ।