मैदा मिल मेसिनको पंखा बनाउने क्रममा एक दुहबीमा मजदुरको ज्यान गयो

अनलाईन न्युजपाटी,विराटनगर,समाचारदाता,कार्तिक १० गते।

सुनसरीको दुहबी नगरपालिका ८ स्थित मैदामिलमा काम गर्ने एक मजदुरको ज्यान गएको छ । सप्तरी घर भएका बर्ष ४८ का चन्देश्वर मण्डलको मृत्यु भएको हो । हिजो बिहान फ्याक्ट्रिको १५ फिट अग्लो स्थानमा रहेको हाई प्रेसर मेसिन (पंखा ) बिग्रिएर बनाउने क्रममा अचानक लडेर उनी गम्भीर घाईते भएका थिए । घटनास्थलमा खटिएको सि.आर.भि. सोनापुरको प्रहरी टोलीले घाईतेलाई उपचारकोलागी न्युरो अस्पताल विराटनगर ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *