अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता, कार्तिक २८ गते।
वीरगञ्ज–कलैया सडक अन्तरगत बाराको मोतिसर कोइरियाटोला चोकमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका ३ भवानीपुरका २६ वर्षिय बिनोद साह रहेका छन्। वीरगञ्जबाट कलैया फर्किने क्रममा ना ७ त २६६ नम्बरको ट्याक्टरले बिहान ५ बजे उनी सवार ना ३ प ५१३७ मोटरसाईकललाई ठक्कर दिएको बारा प्रहरीले जनाएको छ। ठक्करबाट साहको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रयाक्टर चालक फरार रहेको र ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए।