श्रद्धालुहरूले भरिएको बस भारतको अम्बालामा ड्रममा ठोक्किएर पल्टिए

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक २८ गते।

 भारतको अम्बालामा रहेको हिसार राजमार्गको मटेड़ी शेखां क्रसिंगको नजिक सडक दुर्घटना भएको छ । श्रद्धालुहरूले भरिएको बस लाई चेकिंगको लागि ब्यारेकेडको ठाउँमा राखेको ड्रममा ठोक्किएर पल्टिएको थियो । जसका कारण दुर्गानगर निवासी ५० बर्षीया कञ्चन शर्माको मृत्यु भएको छ । बसमा रहेका ५१ जना तिर्थयात्रीमध्ये ३५ जना घाइते भएका छन् ।जसमध्ये ९ जना घाइतेलाई चंडीगढ़ रेफर गरिएको थियो । घाइतेहरु मध्ये धेरै जना महिला र बच्चाहरु रहेका छन् । दुर्घटनामा ज्यान गुमाउँने अधिकांश श्रद्धालुहरू दुर्गानगर, पटेल नगर, बलदेवनगर र जण्डलीका रहेका छन् । सबै जना श्रद्धालुहरू अरुणाय धाम, ब्रह्मासरोवर र कैथलको पुंड्री तीर्थयात्राका लागि प्रस्थान गरेका थिए। घटना त्यहाँबाट फर्किने क्रममा बेलुकी करिब ६ बजेतिर भएको थियो । दुर्गानगरको सनातन धर्म मन्दिर कमिटीले हरेक वर्ष धार्मिक भ्रमणको आयोजना गर्दछ । ६६ बर्षीया सुरिंदर कुमार, सम्मेलनका प्रमुख व्यक्ति हुन । पटेल रोड निवासी शशि बालाले सरसो पिहवाको अरुणा धाम पछि कुरुक्षेत्रको ब्रह्मासरोवर र कैथलमा पुंड्री तीर्थस्थल गएर आएको बताएका छन् । अँध्यारोमा चालकले सडकमा राखिएको ड्रमलाई नदेखेपछि बस अनियन्त्रित भइ सडकमा पल्टिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *