पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको निवासमा पार्किङमा राखेको गाडीमा आज बम विष्फोट

अनलाईन न्युजपाटी,पोखरा,समाचारदाता, मंसिर ९ गते।

अज्ञात समूहले पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा आज बम विष्फोट गरेको छ ।वडाध्यक्ष आचार्य चढ्ने ग २ च ४२६ नं को हाइलक्स गाडीमा आज बिहान २:४५ बजे बम विष्फोट भएको घटनास्थलमा पुगेका गण्डकी प्रहरी प्रदेश कार्यालयका प्रमुख विनोद शर्मा घिमिरेले जानकारी दिए । विष्फोटबाट गाडीको अघिल्लो भागमा क्षति पुगेको छ । बम विष्फोट कसले र किन गराएको भन्ने खुलेको छैन । प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *