अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता, मंसिर ८ गते।
भारतबाट अवैध रुपमा नेपाल भित्र्याइदै गरेको सामानलाई सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर नम्बर ३४ गण कैलालीबाट खटेको सशस्त्र प्रहरी टोलीले सामान बरामद गरेको हो । बरामद सामान करिब एक लाख ५३ हजार रुपैयाँ बराबरको रहेको जनाइएको छ । आवश्यक कारबाहीका लागि ति सामानहरु कैलाली भन्सार कार्यालयमा पठाएको सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर नम्बर ३४ गणले जानकारी दिएको छ ।