कञ्चनपुरमा गाडीको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भए पछि मृतकका आफन्त द्धारा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

अनलाईन न्युजपाटी,कंचनपुर,समाचारदाता, मंसिर ८ गते।

कञ्चनपुरमा गाडीको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भए पछि मृतकका आफन्तले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका २ बन्दी नदी नजिकै नम्बर नखुलेको गाडीको ठक्करबाट स्थानीय ३० बर्षीय राम बहादुर रोकायाको मृत्यु भएपछि आफन्त र स्थानीय आक्रोशित बनेका हुन् ।स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध पारेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ठक्कर दिने गाडी र चालकको खोजी कार्य भईरहेको जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले ३ ओटा गाडी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको र अनुसन्धान भईरहेको जनाएको छ ।कृष्णपुरमा काकाको घरमा बस्दै आएका रोकाया गाडीको ठक्करबाट गम्भीर घाईते भएका थिए । उनको उपचारका क्रममा धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । सोही गाडीले ठक्कर दिदा पैदल यात्री महाकाली नगरपालिका २ का राम बहादुर ठगुन्ना पनि घाईते भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *