भारतले नेपालको कालापानी, लिपुलेक लगायतको भुभाग आफ्नो नक्सामा पारेपछि नेपालमा विवाद चर्कदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, मंसिर ८ गते।

भारतले नेपालको कालापानी, लिपुलेक लगायतको भुभाग आफ्नो नक्सामा पारेपछि नेपालमा विवाद चर्कदै गएको छ । सम्पुर्ण देशभक्त नेपालीहरु सडकमा आएका छन् । भारतीय नक्साविरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारीले पनि विशाल प्रदर्शन गरेको छ ।आज बुटवलमा प्रहरीको आँखा छलेर प्रदर्शन गरेको हो । नेपालीभूमि भारतले अतिक्रमण गरेको भन्दै विप्लव निकट विद्यार्थीहरुले आज प्रदर्शन गरेका हुन् । बुटवलकासरकारी तथा सामुदायिक क्याम्पसका सयौं विद्यार्थीहरु प्रदर्शनमा सहभागि भएको जानकारी दिइएको छ । प्रहरीको घेराबन्दीकाबीच विद्यार्थीले ‘लिपुलेक हाम्रो हो’, ‘गो ब्याक इन्ण्डिया’ लगायतका नारा गुञ्जाएका पथिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *