नेपाल एएफसी यू–१६ च्याम्पियनसिप फुटबल छनोटको दोस्रो खेलमा कुवेतसँग १–१ गोलको बराबरी

अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता भदौ ३१  गते।

नेपालले एएफसी यू–१६ च्याम्पियनसिप फुटबल छनोटको दोस्रो खेलमा कुवेतसँग १–१ गोलको बराबरी खेलेको छ ।जोर्डनको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा सोमबार राति भएको खेलमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको हो । नेपालले आफ्नो अग्रता जोगाउन नसक्दा कुवतेसँग अंक बाँडेको हो ।पहिलो हाफमा गोलरहित दुवै टिमले बराबरी खेलेका थिए । दोस्रो हाफमा नेपालले गोल गर्न सफल भयो । खेलको ७४ औं मिनेटमा दीपेश राईले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । ९० मिनेटसम्म नेपालले अग्रता बनाएको थियो भने खेल लगभग नेपालले जित्ने निश्चित जस्तै थियो ।तर खेलको अतरिक्त समयमा कुवेतले पेनाल्टी पायो । पेनाल्टीको सदुपयोग गर्दै अब्दुलवाहब अलहिन्दीले गोल गरेपछि नेपालले कुवेतसँग १–१ गोलको बराबरीमा खेल टुंग्याउनु परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *