कश्मीरका स्थानीयले भारतीय सेना आएर आफूहरूलाई यातना दिएको आरोप

अनलाईन न्युजपाटी, भदौ १३  गते ।  

एजेन्सी:कश्मीरका स्थानीयले भारतीय सेना आएर आफूहरूलाई यातना दिएको आरोप लगाएका छन् । भारतले कश्मीरलाई दिएको विशेषाधिकार खोस्ने निर्णय गर्नुअघि नै कुटपिट र यातना दिइएको गाउँलेहरुको भनाइ छ । भारतीय सुरक्षाकर्मीले करेन्ट लगाएर आफूहरूलाई यातना दिएको गुनासो कश्मीरका गाउँलेहरूले गरेका छन् । यसका अतिरिक्त लौरो र तार पनि कुटपिटमा प्रयोग भएको थियो । कुटपिटबाट केही गाउँलेहरूको शरीरमा चोट लागेको छ । अधिकारीहरूले यसको पुष्टि भने गरेका छैनन् ।कुटपिट गरिएको कश्मीरका गाउँलेको भनाइलाई त्यहाँको सेनाले इन्कार गरेको छ । आरोप आधारहीन र निराधार भएको जिरह सेनाको छ ।अगस्ट ५ मा भारत सरकारले जम्मु–कश्मीरलाई विशेष राज्यको मान्यता दिइएको संविधानको धारा ३७० खारेज गरेको थियो । त्यसयता यो क्षेत्र बन्द रहँदै आएको छ ।यो क्षेत्रका झन्डै तीन हजार मानिसलाई नियन्त्रणमा लिएर थुनामा राखिएको छ । यसरी राखिएकामा अभियानकर्मीदेखि नेता तथा सर्वसाधारणसम्म छन् । यीमध्ये अधिकांशलाई कश्मीर बाहिरका जेलहरूमा सारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *