अनलाईन न्युजपाटी ,जनकपुरधाम ,समाचारदाता, भदौ १३ गते ।
धनुषामा लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने धनुषाको गणेशमान चारनाथ नगरपालिका १० बस्ने वर्ष २५ का सुवासकुमार यादव छन् ।उनलाई गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको बिषेश प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका –२ जल्हाद पुल नजिकबाट बिहीबार दिउँसो पक्राउ गरेको हो ।उनको साथबाट नाईट्रोभ्याट १६ पत्ता, स्पामो प्रोक्सीभन ४ पत्ता, कोरेक्स ३ बोतल र सिरियञ्ज १ सहित बरामद गरेको छ । उनको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।