संसारबाट बिदा भई विश्वको ध्यान तानेकी तिकिरी

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता असोज १० गते।

केहि महिनाअघिसम्म दुब्लो शरीर लिएर श्रीलंकाको सहर डुलेकी तिकिरी हात्तीले संसार छोडेको छ।  ७० वर्षीया तिकिरीको मंगलबार मृत्यु भएको हो।पेराहेरा मेलामा बूढी तिकिरी अरू ६० वटा हात्तीसँगै १० दिन सहर घुमेकी थिई।बुढ्यौलीले छोएर शरीरमा जाँगर नहुँदा पनि मान्छेहरू तिकिरीलाई आराम गर्न दिएका थिएनन्।

विश्व हात्ती दिवसको अवसरमा सेभ इलेफेन्ट फाउन्डेसनले तिकिरी मेलामा हिँडिरहेको तस्विर सार्वजनिक गरेको थियो।दुब्लाएर हाड करङ देखिएकी तिकिरीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो। हात्तीको तस्वीर सार्वजनिक भएपछि उसलाई मेलामा  हिँडाउन बन्द गरिएको थियो।

तिकिरीको सुरक्षाका लागि आफ्नै मालिककोमा पठाइएको थियो तर एक महिनापछि उसको मृत्यु भएको हो।तिकिरीको मृत्युबारे फाउन्डेसनले फेसबुक पेजमार्फत जानकारी गराएको छ।फाउन्डेसनले तिकिरी जस्ता थुप्रै हात्तीहरु रहेको र मेलाका नाममा जनावरलाई यातना दिन बन्द गर्न पर्ने बताउँदै आएको छ।‘तिकिरीको दु:ख अन्त्य भएको छ, आत्मा मुक्त भएको छ,’ फाउन्डेसनले फेसबुकमा लेखेको छ,‘अब उसलाई कसैले यातना दिँदैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *