भारतको राजधानी दिल्लीसहित वरिपरिका इलाकामा प्रदुषण घातक स्तरमा

अनलाईन न्युजपाटी, कार्तिक १८ गते।

एजेन्सी: भारतको राजधानी दिल्लीसहित वरिपरिका इलाकामा प्रदुषण घातक स्तरमा पुगिसकेको छ । आइतबार दिल्ली–एनसीआरमा हावाको गुणस्तर  १ हजारको आँकडा पार गरेको छ ।दिल्लीमा हेल्थ इमर्जेन्सी (स्वास्थ्य आपतकाल) पहिलेदेखि नै लागू छ तर स्थिती दिन प्रतिदिन बिग्रदो स्थितीमा छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रधान सचिव पीके मिश्राले भिडियो सम्मेलनमार्फत् प्रदुषको स्थितीमा दिल्ली, पंजाब र हरियाणा सरकारका सम्बन्धित अधिकारीसँग एक महत्वपूर्ण बैठक गरे ।बैठकमा क्याबिनेट सचिवले लगातार प्रदुषणको स्थितीमा निगरानी राख्ने निर्णय भएको छ । साथै पंजाब, हरियाणा र दिल्लीका मुख्य सचिवले हरेक दिन आ–आफ्नो राज्यमा प्रदुषणको स्थिती निगरानी गर्ने पनि निर्णय भएको छ ।यसका साथै दिल्ली नजिकैका गाजियाबाद, नोएडा, ग्रेटर नोएडा, गुरुग्राम र फरिदाबादमा पनि नोभेम्बर ४ र ५ का लागि स्कूल बन्द गरिएको छ ।दिल्लीमा पहिले नै स्कूललाई बन्द गर्ने आदेश दिइसकेको छ ।यसैबीच सोमबारदेखि दिल्लीमा जोर बिजोर प्रणाली सुरु गरिएको छ । यो योजना अनुसार दिल्लीमा सोमबारदेखि १५ नोभेम्बरसम्म बिजोर मितिमा बिजोर नम्बरका गाडी र जोर मितिमा जोर नम्बरको गाडी मात्रै सडकमा चल्न पाउनेछन् ।मुख्यमन्त्री अरविन्द केजरीवालले मानिसहरुसँग यो योजनामा सहयोग गर्न अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *