नेपालबाट भारत तर्फ तस्करी हुन लागेको डिजल सहित मोटरसाइकल बरामद

अनलाईन न्युजपाटी,पर्सा,समाचारदाता,फाल्गुन १३ गते।

पर्साको धोबिनी गाउँपालिका वडा नम्बर २ आसवारीबाट भारत तर्फ तस्करी हुन लागेको एक सय २० लि डिजल र मोटरसाइकल प्रहरीले बरामद गरेको हो।

मोटरसाइकलमा भारत तर्फ तस्करी हुन लागेको डिजल र मोटरसाइकल प्रहरी चौकी आसवारीले बरामद गरेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।

रातो रंगको बि.आर २२ ७८८५ भारतिय नम्बरको पलाटिना मोटरसाइकल सहित एक सय २० लिटर डिजल नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्ष चन्द्र सिंहले अनलाईन न्युजपाटीलाई वताउनु भयो । बरामद भएको डिजल र मोटरसाइकल इलाका प्रहरी कार्यालय पोखरियामा ल्याइ थप अनुसन्धान भइरहेको सिंहले जानकारी गराउनु भयो । गस्ती टोलिलाई देखेर तस्कर मोटरसाइकल र डिजल फाली  भागेको हुन सक्ने उहाँले वताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *