मुक्तिनाथ विकास बैंकद्धारा स्वास्थ्यकर्मिहरुकालागि स्वस्थ सामाग्री खरिद गर्न आर्थिक सहयोग

अनलाईन न्युजपाटी जनकपुरधाम समाचारदाता, असार २ गते

विश्व अहिले कोरोना भाइरस (कोभिड-१९) को महामारी सङ जुधी रहेको छ यस अवस्थामा नेपालमा पनि दिन दिनहु कोरोना संक्रमित बढीरहेको छ। दिन रात फ्रन्ट लाइनमा खटि रहेका स्वस्थकर्मीहरु को लागि मुक्तिनाथ विकाश बैंक जनकपुरधाम शाखाले स्वास्थकर्मिहरुको लागि स्वास्थ समाग्री खरिद गर्न  रु.५०,००० (पचास हजार) आर्थिक सहयोग गरेको छ। उक्त सहयोग रकम नेपाल चिकित्सक संघ जनकपुरधाम शाखालाइ हस्तान्तरण गरिएको छ।

मुक्तिनाथ विकास बैंकका क्षेत्रीय प्रबन्धक प्रभास झा का अनुसर अहोरात्र संक्रमितहरुसित प्रत्यक्ष सम्पर्कमा रहदा कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमा हुने भएको हुनाले स्वास्थ्यसामाग्री खरिद गर्न उक्त रकम हस्तान्तरण गरिएको छ। कोभिड – १९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको यस अवस्थामा नेपाल र नेपाली स्वास्थ्यकर्मि पनि उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएको छ ।

बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *