प्रदेश ५ को राजधानी भालुवाङ राख्ने प्रस्तावको विरोध गर्दै बहादुरगंजमा प्रदर्शन

अनलाईन न्युजपाटी प्रिन्स मिश्र, कपिलवस्तु समाचारदाता  असोज १७ गते

 प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुबाङ सार्ने प्रस्ताव गरे लगत्तै बहादुरगंजमा विरोध प्रदर्शन सुरु भएको छ ।

बहादुरगंजमा प्रदर्शनकारीहरुद्धारा  सरकार विरुद्ध नाराबाजी सहित टायर वालेर प्रर्दशन गरेका  छन । कपिलवस्तुका ठाउँठाउँमा प्रदेश राजधानी सार्ने निर्णयको विरोधमा प्रदर्शन भएको छ ।

प्रदेश ५ को स्थायी राजधानीका लागि दाङको भालुवाङमा रहने गरी प्रदेश सभामा प्रस्ताव गरे लगत्तै विरोध प्रर्दशन गरिएको प्रर्दशनकारीले बताउँछन् ।

उनीहरुले प्रदेश ५ को राजधानी कपिलवस्तु नै  बनाउनु पर्छ र यदि सरकारले प्रदेश ५ को राजधानी कपिलवस्तु  जिल्लालाई नबनाए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *