हनुमानगर शस्त्र पहरी द्धारा ठुलो परिमानको सुर्ती बरामद

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा समाचारदाता, असोज २३ गते

सप्तरीको हनुमानगर    नगरपालिका ५ बाट सशस्त्र प्रहरीले सदा पोसाकमा ठुलो परिमानको अबैध सुर्ती बरामद गरेका छन्। सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजु श्रेष्ठको कमान्डमा गोप्य सूचना को अधारमा खटिएको सदा पोसाकको सशस्त्र प्रहरीले उक्त समान बरामद गरेको हो।

लकडाउनको मौका छोपी तस्करले ठुलो परिमाणको अबैध सुर्ती भन्सार छ्लेर नाउँ डुङ्ग प्रयोग गरी भारत तर्फ लगदै गरेको अबस्थामा कोशी खोलाको पनार बाट सदा पोसाकमा खटिएको प्रहरी बिरेन्द्र साहले उक्त समान पक्राउ गरेका छन्।

पक्राउ गरेको सम्मान सुर्ती २० बोरा ,मन्जन गुल्ल ५ बोरा,मटर ,कपडा लगायतका समान बरामद गरेका छन उक्त समान करिब ३ लाख मुल्य बराबरका छन्। पहरी लाई हेर्दा तस्करले सम्मान छाडेर फरार भएको थियो। बरामद गरेको समान कुनौली भन्सारमा बुझाएको प्रहरीले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *