अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २८ गते
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।

कोरोना सङ्क्रमण भई अस्पतालमा उपचाररत स्याङजा भिरकोट २ की ५२ वर्षीया महिलाको उपचारका क्रममा बुधबार बिहान ९ :३४ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो । यस सँगै प्रतिष्ठानमा उपचारका क्रममा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट हालसम्म ४५ जनाले ज्यान गुमाएका छन् ।