अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २८ गते
कर्मचारीमा कोरोना देखिएपछि धनकुटा नगरपालिकाका अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका छन् ।

नगरपालिकामा कार्यरत दुई जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि नगरपालिकाले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवा कार्तिक ६ गतेसम्मको लागि बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
थप संक्रमणको जोखिमलाई रोक्न कोरोना संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले नगरपालिकाले प्रवाह गर्दै आएको सेवा असोज २८ देखि कार्तिक ६ गतेसम्मको लागि बन्द गरिएको धनकुटा नगरपालिकाका प्रमुखले बताउनुभयो ।